आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

समाचार

काठमाडौं यी स्थानमा आज विद्युत् अवरुद्ध हुने


  • 532
    SHARES
  • https://indrenipost.com/posts/5798
    पुष १४, २०८० शनिबार
    काठमाडौं यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

    काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा शनिबार साढे ४ घन्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साँखु फिडरअन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नांगलेभरे क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

    ११ केभी मुलपानी सब–स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नुपर्ने भएकाले ती क्षेत्रमा चार घन्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij