सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

कोभिड-१९ नयाँ भेरियन्ट : भारतबाट नेपाल फर्किएकाहरू संक्रमित


  • 514
    SHARES
  • https://indrenipost.com/posts/5902
    पुष २३, २०८० सोमबार
    कोभिड-१९ नयाँ भेरियन्ट : भारतबाट नेपाल फर्किएकाहरू संक्रमित

    बेदकोट । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

    भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।

    हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले राससलाई जानकारी दिए ।

    भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ, उनले भने, अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।

    हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ ।

    गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।

    कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए ।

    भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ”, उनले, दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।

    कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij