काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच अहिले छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेताहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुटार)मा छलफल भइरहेको हो ।
लगत्तै १२ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ । काठमाडौंमा एमसीसी टोलीको दौडधुपबीच सत्तारूढ दलका नेताहरूबीच बैठक आयोजना गरिएको हो ।
यसअघि बिहीबार एकै दिन गठबन्धन दलबीच तीन बैठक भएका थिए ।