सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

वित्तीय अपराध

बैंकिङ कसुरमा ४ करोड जरिवाना र ३ वर्ष कैद तोकिएकी फरार महिला पक्राउ


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6373
    माघ २१, २०८० आइतबार
    बैंकिङ कसुरमा ४ करोड जरिवाना र ३ वर्ष कैद तोकिएकी फरार महिला पक्राउ

    काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर एक महिला पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका साविक वडा नं. ११ (हाल वडा नं ६) बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक मन्दिरा केसी (कार्की) रहेकी छन् ।

    बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना हुने ठहर गरेको थियो ।

    क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिरा केसी सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको भक्तपुर साविक चाँगुनारायण गाविस–७ र ९ स्थित जग्गाहरु धितो राखि प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

    फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले माघ २० गते बनेपाबाट पक्राउ गरेको हो ।

    फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij