सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

भूमाफिया

अरुण चौधरीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6418
    माघ २२, २०८० सोमबार
    अरुण चौधरीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ ।

    जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुन: म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएकोमा तीन दिन म्याद थप भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij