काठमाडौं । लोकसेवा आयोगले प्रशासन सेवातर्फ २ सय १७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ ।
आयोगको विज्ञापन नम्बर १६६९९।०७९/८० (खुला), १६७००।०७९/८० (महिला), १६७०१।०७९/८० (आदिवासी जनजाति), १६७०२।०७९/८० (मधेसी), १६७०३ ०७९/८० (दलित), १६७०४।०७९/८० (अपाङ्ग) र १६७०५।०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो ।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो ।
आयोगले अन्तर्वार्ता र लिखित दुवैमा सफल भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा उनीहरूको नाम मंगलबार प्रकाशित गरेको हो ।
कुन क्षेत्रबाट कति ?
खुलातर्फ : १०५ महिलातर्फ : २८ जना आदिवासी जनजातितर्फ : २५ जना मधेसीतर्फ : ३५ जना दलिततर्फ : १५ जना अपांगतर्फ : ५ जना सबै क्षेत्रबाट : २१७ जना