सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

दुर्घटना

अपडेट : पाल्पा जिप दुर्घटना- ज्यान गुमाउनेको संख्या १० पुग्यो, ८ जनाको पहिचान [नामावलीसहित]


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6626
    फागुन २, २०८० बुधबार
    अपडेट : पाल्पा जिप दुर्घटना- ज्यान गुमाउनेको संख्या १० पुग्यो, ८ जनाको पहिचान [नामावलीसहित]

    काठमाडौं । पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको निधन भएसँगै मृतकको संख्या १० पुगेको हो ।

    मंगलबार अपराह्न डुम्रेबाट शिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो । अहिलेसम्म घटनास्थलमा ज्यान गुमाएकामध्ये ६ जना र अस्पतालमा ज्यान गुमाएका दुई गरी आठ जनाको पहिचान भएको हो ।

    उपचारका क्रममा २० वर्षीया गीता सुनार र ६६ वर्षीया विष्णुकला कामीको निधन भएको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा ६० वर्षीया यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, चन्द्र रणपाल र उनकी श्रीमती चुना रणपालको पहिचान खुलेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij