सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी [चिठीसहित]


  • 604
    SHARES
  • https://indrenipost.com/posts/6646
    फागुन २, २०८० बुधबार
    रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी [चिठीसहित]

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो ।  

    यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ ।  

    चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ ।  

    राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरील उनविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।  

    लामिछाने राईका व्यापारिक साझेदार हुन् । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए ।  

    विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ ।  

    newskarkahna-news641152..jpg

    newskarkahna-news641151..jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij