दाङ । दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ ।
घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।
वडाप्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै पति प्रहरी हवल्दार यमबहादुर झाँक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।
गाेली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए ।
झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेकाे बुझिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।