सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

संस्कृति

लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6731
    फागुन ५, २०८० शनिबार
    लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जाति र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको उल्लेख गरेका हुन् ।

    “लोकसाहित्य युगौँदेखि जनसाधारणको मौलिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाका रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो”, प्रधानमन्त्रीले भने, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ ।

    नेपालको मेचीदेखि महाकालीका साथै नेपाल बाहिरसमेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःखसुखका सम्पूर्ण भोगाइ नै लोकगीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।”

    बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिए । 

    “हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै पहिचान र महत्व हुन्छ”, प्रधानमन्त्री दाहालले भने, “आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्यमान्यताआदिले संस्कृतिको निर्धारण गर्छ ।

    विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij