सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

कृषि उद्यम

किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6759
    फागुन ६, २०८० आइतबार
    किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन् ।

    दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ । मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।

    विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

    “जिल्लाको कावासोती नगरपालिका-८ देखि १७, गैँडाकोट नगरपालिका-१०, ११, १२ र १३, देवचुली नगरपालिका-१७, मध्यविन्दु नगरपालिका-२ र ३, विनयी त्रिवेणी गाउँपालिका-१ र ५, बुलिङटार गाउँपालिका-३ र बौदीकाली गाउँपालिका-४ मा हिउँदे धान खेती हुने गरेको छ”, उनले भने ।

    कृषि ज्ञान केन्द्र नवलपुरले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

    बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij