सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

संस्कार-संस्कृति

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै


  • 469
    SHARES
  • https://indrenipost.com/posts/6861
    फागुन १२, २०८० शनिबार
    आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै

    काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन । एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ ।

    नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ ।

    माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ ।

    देवादिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक र्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ ।

    समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ ।

    यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई १०० रोटी व्रतालुले खाने नियम छ ।

    सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ ।

    महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ ।

    यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ ।

    काठमाडौंको साँखुस्थित शालीनदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमामा सम्पन्न हुन्छ ।

    माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेलापर्व पनि यही पूर्णिमामा समापन गरिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij