सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपराध

थापाथली प्रसूति गृहबाट चोरी भएको शिशु काँडाघारी भेटियो

शिशु चोरी गर्ने महिला पक्राउ


  • 469
    SHARES
  • https://indrenipost.com/posts/6862
    फागुन १२, २०८० शनिबार
    थापाथली प्रसूति गृहबाट चोरी भएको शिशु काँडाघारी भेटियो

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट चोरी भएको शिशुको उद्धार भएको छ ।

    शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो । काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गरेको हो ।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रहरीले ती शिशुलाई गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको हो । शिशु चोरी गर्ने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अस्पतालमा ती महिलाले केहीबेर बोकिदिने भनेर शिशु लिएकी थिइन् ।

    दिउँसो १२ बजेतिर केहीबेर बोकिदिने भनेर शिशु लिएको ती महिला शिशु लिएर फरार भएकी थिइन् । त्यसबारेमा करिब १ बजेतिर मात्रै प्रहरीलाई खबर भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij