सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सौचालयमा युवतीको भिडिओ खिच्ने डिसपी थुनामा


  • 658
    SHARES
  • https://indrenipost.com/posts/6900
    फागुन १३, २०८० आइतबार
    सौचालयमा युवतीको भिडिओ खिच्ने डिसपी थुनामा

    काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि स्वयम्भू प्रहरी वृत्तको थुनामा छन् ।

    ४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो ।

    डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन पोइन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरेको थियो ।

    वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij