सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

१४ किलो सुन तस्करी प्रकरण : कलेजका कार्यकारी अध्यक्ष गुरुङ पक्राउ


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6915
    फागुन १४, २०८० सोमबार
    १४ किलो सुन तस्करी प्रकरण : कलेजका कार्यकारी अध्यक्ष गुरुङ पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई सामाखुसीबाट गएराति पक्राउ गरेको प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    उनलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको पनि बोगटीले बताए । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन् ।

    पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij