सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

सांसद मायाप्रसाद शर्माको गुनासो : सरकारले भूकम्प प्रभावितको पुनर्निर्माणमा चासो दिएन


  • 379
    SHARES
  • https://indrenipost.com/posts/6921
    फागुन १४, २०८० सोमबार
    सांसद मायाप्रसाद शर्माको गुनासो : सरकारले भूकम्प प्रभावितको पुनर्निर्माणमा चासो दिएन

    काठमाडौं । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारले पश्चिम भूकम्पपीडितहरूको अस्थायी आवासमा आवश्यक ध्यान दिन नसकेको भन्दै ध्यानार्षण गराएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा सत्तारुढ

    माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले भूगर्भको अध्ययन गरी पश्चिम रुकुम र जाजरकोटमा भूकम्पपीडितमा परेको समस्या समाधान गर्न जरुरी रहेको बताए ।

    'अब ढिलो भए भने जनताले धेरै नै दुःख पाउनेछन् । केही अभावहरू छन् । माथिबाट रकम जाने, प्रदेश र स्थानीय तहले पहलकदमीमा कमजोरी गरेको देखिन्छ । कर्मचारीहरूमा नीतिगत व्यवस्था, वित्तीय र सांगठनिक सुदृढिकरण गर्न जरुरी छ,’ उनले भने ।

    भौतिक संरचनाहरू क्षतविक्षत भएका, पानीको मूल सुकेको, विद्यालयहरू क्षतविक्षत भएको, विद्युत् लाइन जोड्न अझै नसकिएको र सञ्चारको समस्या उस्तै रहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने शर्माको भनाइ छ ।

    भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा अझै ढिलो गर्ने हो भने झनै समस्या निम्तिने शर्माको भनाइ छ ।

    ‘पश्चिम रुकुम र जाजरकोटमा भूकम्प पीडितमा जुन प्रकारको समस्या देखिएका छन् । यसमा धेरै जनधनको क्षति भएको छ । विद्यालयहरू क्षतविक्षत छन् । पानीको मूल सुकेको छ । विद्युत् लाइन जोड्न सकिएको छैन । सञ्चारको समस्या त्यस्तै छ । त्यसको पुनःनिर्माण हामीले ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij