सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

एमाले सांसद गोकुल बास्कोटा जोडिएको ७० करोड टेप प्रकरणबारे छानबिन जारी


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6951
    फागुन १५, २०८० मंगलबार
    एमाले सांसद गोकुल बास्कोटा जोडिएको ७० करोड टेप प्रकरणबारे छानबिन जारी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

    संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो । ‘

    सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर (मुद्दा) लैजान हुँदैन ।’

    तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बास्कोटाले राजीनामा दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij