सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक


  • 667
    SHARES
  • https://indrenipost.com/posts/7045
    फागुन १९, २०८० शनिबार
    विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक

    काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।

    विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए ।

    उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो ।

    उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij