काठमाडौं । आइतबार बिहानैदेखि मौसममा आएको परिवर्तनको कारण काठमाडौंबाट हुने सबैजसो माउन्टेन फ्लाइट रद्द भएका छन् ।
आइतबार विहानैदेखि हिमाली क्षेत्रमा बाग्लो कुहिरो लाग्दा माउन्टेन फ्लाइटका उडान रद्द गरिएकाे सम्बन्धित एयरलाइन्सहरुले जनाएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार गएराति र आज विहानैदेखि अन्तर्राष्ट्रिय उडान भने नियमित रुपमा सञ्चालन भइरहेका छन् ।
बिहानबाट हुन नसकेका आन्तरिक तर्फका उडान भने आइतबार बिहान ९ बजेपछि अधिकांश सुचारु भएका विमानस्थल कार्यालयले जनाएको छ ।
तर, हिमाली क्षेत्रमा पर्ने संखुवासभाकाे तुम्लिङटार विमानस्थलमा भने अझै उडान हुन सकेको छैन । तुम्लिङटार विमानस्थललाइ बाक्लाे कुहिराेले ढाकेकाे छ ।
काठमाडौंस्थित बुद्ध एयर कार्यालयका अनुसार आइतबार बिहानैदेखि तुम्लिङटारका फ्लाइट अवरुद्ध छन् ।
साथै केही हिमश्रृंखला नदेखिएका कारण सबैजसो पर्वतीय उडान पनि रद्द गरिएको बुद्ध एयरले जनाएको छ ।