सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपराध

शालीनले आत्महत्या गरेको पुष्टि : पोष्टमार्टम रिपोर्ट


  • 838
    SHARES
  • https://indrenipost.com/posts/7066
    फागुन २०, २०८० आइतबार
    शालीनले आत्महत्या गरेको पुष्टि : पोष्टमार्टम रिपोर्ट

    काठमाडौं । चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ ।

    प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो ।

    ‘पोस्टमार्टम रिपोर्टले शालिनको बलात्कार भएको पुष्टि गरेन । उनको मृत्युको कारण प्रष्टसँग ‘ह्याङ्गिङ’ भन्ने छ । अर्थात्, उनको मृत्युको कारण आत्महत्या हो भन्ने पोस्टमार्ट रिपोर्ट अस्पतालले दिएको छ,´ स्रोतले भन्यो ।

    गत शनिबार बिहान १० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघर भएकी एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिनको शंकास्पद मृत्यु भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij