सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै


  • 577
    SHARES
  • https://indrenipost.com/posts/7074
    फागुन २०, २०८० आइतबार
    दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै

    काठमाडौं । दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ ।

    विश्व श्रवण दिवसको अवसरमा आज यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताए ।

    “नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बहिरोपन समस्या भएको देश हो”, उनले भने, “भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ ।”

    डा श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ । पैँतिस डेसिवल भन्दा कम सुन्ने मानिसलाई बहिरोपन भएको भनिन्छ ।

    नेपालमा हुने अपाङ्गतामध्ये सबैभन्दा बढी बहिरोपनका रहेका उहाँको भनाइ छ । विश्वमा करिब ४६ करोड मानिस बहिरोपनको समस्यामा छन् । -रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij