सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

महाशिवरात्रिका लागि काठमाडौंमा कहाँ-कहाँ रोकिन्छ गाडी ? कहाँ छ पार्किङ ? [नक्सासहित]


  • 415
    SHARES
  • https://indrenipost.com/posts/7141
    फागुन २५, २०८० शुक्रबार
    महाशिवरात्रिका लागि काठमाडौंमा कहाँ-कहाँ रोकिन्छ गाडी ?  कहाँ छ पार्किङ ? [नक्सासहित]

    काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ ।

    गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिँफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिएऊ हो ।

    त्यसैगरी मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।

    गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

    आवश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरू चावहिलबाट गौशालातर्फ ।

    पुरानो बानेश्‍वरबाट गौशालातर्फ। ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।

    द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।

    सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।

    लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ । गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।

    तिलगंगाबाट गौशालातर्फ ।

    मालबाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।

    जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ ।

    सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।

    जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ ।

    तर मालबाहक तथा ढुवानीका सवारी साधनबाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाईभर्सन गरिने छ ।

    मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने, कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालबाहक सवारी साधनहरु तीनकुने आसपास व्यवस्थापन गरिने ।

    महाराजगञ्ज, चाबहिल हुँदै पशुपित वरपर जाने मालबाहक सवारी साधनहरु धुम्बाहीमा मेला अवधिभर कुर्नुपर्ने ।

    कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

    पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरू सिफल चौर (दर्शानार्थीहरुको) कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु) वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु) गुहेश्‍वरी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनह) जनशक्ती परिचालन महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।

    प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।

    यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ती परिचालन गरिनेछ ।

    Shivaratri-2080_OCGYwMAhFS.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij