सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

संस्कार-संस्कृति

आज महाशिवरात्रि, भगवान् शिवको पूजा-आराधना गरि मनाइँदै


  • 451
    SHARES
  • https://indrenipost.com/posts/7142
    फागुन २५, २०८० शुक्रबार
    आज महाशिवरात्रि, भगवान् शिवको पूजा-आराधना गरि मनाइँदै

    काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व आज मनाइँदै छ । हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् ।

    महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

    भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ।।

    भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ ।

    महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

    पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन् ।

    भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ ।

    कोषले उनीहरूलाई दक्षिणा भेटीसहित विदाइ गर्ने गरेको छ । नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ । भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij