सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा ढुंगामुढा र आगजनी


  • 496
    SHARES
  • https://indrenipost.com/posts/7151
    फागुन २५, २०८० शुक्रबार
    प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा ढुंगामुढा र आगजनी

    दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको सरकारी निवासमा राति ढुंगामुढा र आगजनी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अज्ञात समूहले बिहीबार राति पौने २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा आगजनी भएको हो ।

    ‘राति प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका बेला ढुंगामुढा र आगजनी भएको विवरण आएको छ । हामी घटनाको अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले भने ।

    उनका अनुसार ढुंगाले झ्यालका सिसा फुटेका छन् । निवासमा रहेका पर्दा, किताब, बेडमा क्षति पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी भने शकुसल रहेको प्रहरीले जनाएको छ । घटनापछि अधिकारीले राति भागेर प्रहरीलाई जानकारी दिएका थिए ।

    आगजनी गरी अज्ञात समूह फरार भएको प्रहरी निरीक्षक भण्डारीले बताए । आगजनी गरिएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको टोली पनि घटनास्थलमा खटिएको छ ।

    आगजनीका कारण तथा यसमा संलग्नको पहिचान खुलेको छैन । अज्ञात समूहको खोजी तथा घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij