सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7302
    चैत ४, २०८० आइतबार
    पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

    काठमाडौं । पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै छ ।

    शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए का थिए ।

    उनले आइतबार (आज) पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

    पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने उनको भनाइ छ ।

    उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ ।

    उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij