सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

नर्स चन्द्रिका हत्या प्रकरण : प्रेमी मृत फेला


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7318
    चैत ५, २०८० सोमबार
    नर्स चन्द्रिका हत्या प्रकरण : प्रेमी मृत फेला

    विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्वप्रेमीले गरेको खुलेको छ ।

    प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् ।

    चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो । सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र्गएका थिए । उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो ।

    चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएको खुलेको छ । प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij