सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

सर्वोच्चको परिसरबाट दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ


  • 649
    SHARES
  • https://indrenipost.com/posts/7323
    चैत ५, २०८० सोमबार
    सर्वोच्चको परिसरबाट दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

    काठमाडौं । सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बढीगार्ड अत्याधुनिक हतियारसहित पक्राउ गरेका छन् ।

    सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई पक्राउ गरिएको काठमाडौ्कां प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

    आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । उनी दुर्गा प्रसाईंको बडी गार्ड रहेका बताइएको छ ।

    प्रहरीले उनको साथबाट बन्दुक पनि बरामद गरेको छ । उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ ।

    खड्काको साथबाट जीएसजी ५ जर्मन सेमी अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए ।

    यस्तै त्यसमा लाग्ने १०० थान गोली पनि बरामद भएको उनको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij