सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता


  • 505
    SHARES
  • https://indrenipost.com/posts/7335
    चैत ९, २०८० शुक्रबार
    दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

    कर्णाली । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ ।

    दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो । तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले बताए ।

    अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उनले भने, “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर काठमाडौंको न्याम्स, धरानको बिपिकेआईएचएसमा जस्तै जुम्लामा पनि अण्डर ग्र्याजुएट्स र पोष्ट ग्र्याजुएट्सका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।”

    स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे । प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पुर्‍याएको योगदानको उनले सराहना गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij