सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने बाटो खुल्यो


  • 730
    SHARES
  • https://indrenipost.com/posts/7401
    चैत १२, २०८० सोमबार
    दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउने बाटो खुल्यो

    काठमाडौं । बीएन्डसी मेडिकल कलेजका तर्फबाट दायर भएको रिट सर्वोच्च अदालतले जारी गरिदिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरिदिएको हो ।

    सर्वोच्चले रिट दायर गरिदिएसँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ ।

    आशयपत्र पाएर पनि एमबीबीएस अध्यापन गराउन नपाएको भन्दै प्रसाईंले सर्वोच्चमा रिट लैजानुका साथै सरकारका विषयमा समेत गम्भीर प्रश्न उठाएका थिए ।

    आशयपत्रकै आधारमा बैंकबाट लिएको ऋण तिर्न नसक्ने भन्दै उनले बैकहरूविरुद्ध समेत अभियान चलाएका थिए ।

    सोमबार भएको फैसलाको संक्षिप्त आदेश आइसकेको छैन ।

    आशयपत्रका आधारमा भौतिक संरचनासहितका पूर्वाधार तयार पारिसकेपछि सम्बन्धन रोकेर आफूमाथि अन्याय भएको भन्दै प्रसाईंले ०७६ सालमै लगेको रिट ०७७ असार २१ मात्र दर्ता भएको थियो ।

    प्रसाईंले ०७७ असोज ३० मा अर्को रिट समेत सर्वोच्च अदालतमा दायर गरेका थिए । दोस्रो रिटमा प्रसाईंले चिकित्सा शिक्षा आयोग, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, काठमाडौं विश्वविद्यालयका उपकुलपति, रजिष्टार, प्राज्ञिक परिषद्, विद्यापरिषद् स्कुल अफ मेडिकल साइन्सेस, डीन, स्कुल अफ मेडिकल साइन्सेस डिनको कार्यालय र कार्यकारी परिषद्लाई विपक्षी बनाएका थिए ।

    उक्त रिटका मागविरुद्ध विवेकशील नेपालीका शशीविक्रम कार्कीले पनि रिट दायर गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij