काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन् ।
सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।