सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित


  • 568
    SHARES
  • https://indrenipost.com/posts/7423
    चैत १४, २०८० बुधबार
    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ ।

    मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

    यसका लागि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतका कार्यक्रमको प्रभावकारिता नभएको भन्दै मन्त्रालयले यस आर्थिक वर्षको कार्यक्रम स्थगित गरेको हो ।

    स्थानीय तहसँगको छलफलमा समेत उठेका विषयको सम्बोधन आवश्यक छ । चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनोटको कार्यमा ढिलाइ भएको छ ।

    चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय अत्यन्त कम रहेको देखिएको छ त्यसैले, यस बैठकले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ, मन्त्रालयले भनेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij