काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेरि एकपटक कडा आलोचना गरेका छन् । नेकपा हुँदा ओलीसँगै अध्यक्ष बनेका प्रचण्डले ओलीजत्तिको झुट बोल्न सक्ने नेता नेपालमा सायद अरू नभएको भनेर टिप्पणी गरेका हुन् ।
सहिद सूर्यनाथ यादवको ३६औं स्मृति दिवसका अवसरमा सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको आलोचना गरेका हुन् ।