सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

हतियार प्रकरण

दुर्गा प्रसाईंको हतियार अनुमतिबारे छानबिन हुँदै, समिति गठन


  • 550
    SHARES
  • https://indrenipost.com/posts/7441
    चैत १६, २०८० शुक्रबार
    दुर्गा प्रसाईंको हतियार अनुमतिबारे छानबिन हुँदै, समिति गठन

    काठमाडौं । मेडिकल व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंको नाममा भएको हतियार अनुमतिबारे छानबिन हुने भएको छ । गृह मन्त्रालयले यसबारे छानबिन गर्न समिति नै गठन गरेको छ ।

    सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

    प्रसाईंका दुई सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ हतियारसहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न सर्वोच्चले न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।

    छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ ।

    व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोगसम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij