काठमाडौं । हाडजोर्नी तथा नसा रोग शिविर बैशाखमा हुने भएको छ । उक्त शिविर जिल्ला अस्पताल जाजरकोटमा आगामी बैशाख ५ र ६ गते हुने भएको हो ।
जिल्ला अस्पताल जाजरकोटको सहयोगमा हाडजोर्नी तथा नसा रोगसम्बन्धी शिविर आयोजना गरिएको सिनियर कन्सल्ट्याण्ट अर्थो तथा जोर्नी प्रत्यारोपन विशेषज्ञ प्राडा दीर्घराज आरसीले जानकारी दिए ।
जिल्ला अस्पताल जाजरकोटमा आयोजना गरिएको सो शिविरमा आरसी नेतृत्वको टोलीले हाडजोर्नी तथा नसा रोग उपचार तथा परामर्श गर्नेछ । शिविर बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।