सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शिक्षा

दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने


  • 595
    SHARES
  • https://indrenipost.com/posts/7476
    चैत १९, २०८० सोमबार
    दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने

    सुर्खेत । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।

    एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिए ।

    सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिए ।

    सुर्खेत, दैलेख, डोल्पा, जुुम्ला, कालीकोट र मुगुमा एक÷एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई÷दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij