काठमाडौं । सुनसरीको हरिनगर बजार तनावग्रस्त छ ।
हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि उत्पन्न भएको तनाव अहिलेसम्म मत्थर भएको छैन ।
अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।
प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले बताइन् ।
निमित्त प्रजिअ फुयालले भने घाइतेहरूको विषयमा विवरण संकलन भइरहेको बताए ।