सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द : निर्वाचन आयोग 


  • 712
    SHARES
  • https://indrenipost.com/posts/7594
    चैत २७, २०८० मंगलबार
    उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द : निर्वाचन आयोग 

    काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते उपनिवाृचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

    उपनिर्वाचन इलाम–२ र बझाङ–१ (क) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

    आयोगले उपनिवाृचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

    आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij