काठमाडौं । विभिन्न धर्म प्रचारमा संलग्न विदेशी नागरिक (गिरोह)माथि निगरानी राख्न गृह मन्त्रालयले देशभर सर्कुलर गरेको छ ।
उक्त मन्त्रालय मातहतको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा यस्तो सर्कुलर गरेको गृह मन्त्रालयले जनाएको छ ।
विदेशी नागरिक र संस्थाहरूले गर्ने सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरूमा गैरकानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको गृह मन्त्रालयको निष्कर्ष छ । यसकालाई नियन्त्रण गनर्ग चैत २५ गतेदेखि गृहले सर्कुलर गरेको हो ।
त्यस्ता कार्यक्रममा विना प्रवेशाज्ञा समेत हिँडडुल गर्ने गरेको भन्दै उनीहरूमाथि सूक्ष्म निगरानी बढाएर कानुनी कारबाही गर्न मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ ।