सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

वित्तीय अपराध

सहकारी संस्था तोडफोड गरि ३० लाखभन्दा बढी रकम चोरी गर्ने ६ जना पक्राउ (नामावलीसहित)


  • 658
    SHARES
  • https://indrenipost.com/posts/7760
    बैशाख १०, २०८१ सोमबार
    सहकारी संस्था तोडफोड गरि ३० लाखभन्दा बढी रकम चोरी गर्ने ६ जना पक्राउ (नामावलीसहित)

    झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्था तोडफोरसहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । 

    विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

    जिल्ला प्रहरी कार्यालयको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर साङ्तान, २२ वर्षीय सुनिल साङ्तान, २५ वर्षीय बुुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २१ वर्षीय सुजन स्याङ्तान रहेका छन् । 

    उनीहरुको साथबाट मोटरसाइकल दुई थान, मोबाइल सेट सात थान, हतौडा, प्लासलगायतका समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij