सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपराध

ईट्टाभट्टामा जिउँदै मान्छे जलाउने जलाउने कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद


  • 505
    SHARES
  • https://indrenipost.com/posts/7813
    बैशाख १४, २०८१ शुक्रबार
    ईट्टाभट्टामा जिउँदै मान्छे जलाउने जलाउने कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ ।

    नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

    न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो ।

    इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो ।

    यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् ।

    आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij