सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

नक्कली परीक्षार्थी पक्राउ


  • 550
    SHARES
  • https://indrenipost.com/posts/7823
    बैशाख १४, २०८१ शुक्रबार
    नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं । आज (शुक्रबार)बाट सुरु भएको कक्षा १२ को परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनी काठमाडौं स्वयम्भूस्थित रेन्वो इन्टरनेशल कलेज ठूलो भर्याङ परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् । 

    शान्ति शिक्षा माध्यमिक विद्यालयमा ठहिटीमा अध्ययनरत टंकबहादुर घर्तीको अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने २३ वर्षीय नक्कली परीक्षार्थी आदेशजंग शाहीलाई स्वयम्भू प्रहरीले पक्राउ गरेको हो । शाही छेडागाड नगरपालिका–५ बडावन जाजरकोट घर भई हाल काठमाडौं बागबजार बस्दै आएको प्रहरीले जनाएको छ । 

    घर्तीले दिने अनिवार्य अंग्रेजी विषयको परीक्षा शाहीले दिइरहेको थाहा पाएपछि उनलाई परीक्षाहलबाट निस्काशन गरेर प्रहरीलाई जिम्मा लगाएको उक्त कलेजका प्रिन्सीपल विनोदबाबु ढकालले बताए । 

    यस विषयमा आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij