सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

काठमाडौंमा डेढ किलो सुन र करोडौँ रुपैयाँसहित पक्राउ पर्ने कुन–कुन देशका नागरिक हुन् (नामावलीसहित) 


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7827
    बैशाख १४, २०८१ शुक्रबार
    काठमाडौंमा डेढ किलो सुन र करोडौँ रुपैयाँसहित पक्राउ पर्ने कुन–कुन देशका नागरिक हुन् (नामावलीसहित) 

    काठमाडौं । काठमाडौंमा नगद र सुनसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई आज (शुक्रबार) प्रहरीले पत्रकार सम्मलेलनको आयोजना गरी सार्वजनिक गरेको छ । 

    डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

    पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु,  झापा बिर्तामोड नपा–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा–३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड–३ का २२ वर्षीय भातराज खोल छन् । 

    त्यस्तै तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन् । 

    उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij