सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा


  • 649
    SHARES
  • https://indrenipost.com/posts/8005
    बैशाख २३, २०८१ आइतबार
    सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।

    जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    यस अघि पटक पटक हेर्न नभ्याइनेमा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ ।

    यस मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो । 

    काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । 

    सन्दीप यहीँ फैसलाविरुद्ध उच्च अदालत गएका हुन् । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ ।

    उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडी बढाएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij