सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस नेता पौडेलको निधन

  • 946
    SHARES
  • https://indrenipost.com/posts/8270
    फागुन २५, २०८१ आइतबार
    मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस नेता पौडेलको निधन

     
    काठमाडौं । शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस तनहुँका सदस्य बालकृष्ण पौडेलको निधन भएको छ ।  दुर्घटनामा परी घाइते भएका शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका ५२ वर्षीय पौडेलको उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

    पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल नर्सरीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइते पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले बताए । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij