बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औं महाधिवेशन सरगर्मी

काँग्रेसको पालिका अधिवेशन भोलिदेखि सुरु हुँदै


  • 865
    SHARES
  • https://indrenipost.com/posts/835
    असोज ८, २०७८ शुक्रबार
    काँग्रेसको पालिका अधिवेशन भोलिदेखि सुरु हुँदै

    काठमाडौं । नेपाली काँग्रेसको पालिका अधिवेशन भोलि देखी सुरु हुने भएको छ । काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको आज सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै  गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

    प्रवक्ता शर्माले  २१ वटा हिमाली जिल्लामा दशैअघि अधिवेशन गर्ने  र क्रियाशील नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताए । प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर आवश्यकता अनुसार निर्णय हुने बताए ।

    यस्तै काँग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह  समेत गरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij