सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रहरीमा सुधार आफैँबाट गर्छु:  आईजीपी थापा 


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/8379
    चैत ५, २०८१ मंगलबार
    प्रहरीमा सुधार आफैँबाट गर्छु:  आईजीपी थापा 

    काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् ।दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए ।

    मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए । महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान गरे ।

    ‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होईन, म भित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन । यसैतर्फ अगाडि बढ्न म मेरा सहकर्मीलगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहन्छु । यसमा समन्वयत्मक भूमिकाका लागि म निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गर्न चाहन्छु,’– उनले भने ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । गृहमन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij