आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राष्ट्रियसभाको बैठक भर्खरै सुरु भयो 


  • 937
    SHARES
  • https://indrenipost.com/posts/8414
    चैत ८, २०८१ शुक्रबार
    राष्ट्रियसभाको बैठक भर्खरै सुरु भयो 


    काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप यादवले उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’, निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गर्नेछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत तय भएको छ । यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij