आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

सुनको मूल्य सामान्य घट्यो


  • 343
    SHARES
  • https://indrenipost.com/posts/8455
    चैत ११, २०८१ सोमबार
    सुनको मूल्य सामान्य घट्यो

     
    काठमाडौँ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । 

    महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । 
     
    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।  आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij