सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

जाजरकोटका १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/853
    असोज ९, २०७८ शनिबार
    जाजरकोटका १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण

    जाजरकोट । ठुलिभेरी नगरपालिका-९ डोल्पाका १ सय ७० घरधुरीलाई नि:शुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतिपुर, डाँगीबाडालगायत बस्तीका नागरिकलाई सोलार वितरण गरिएको हो ।

    नगरपालिकाको २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको ५० लाख गरेर कूल ७० लाख अनुदान सहयोगमा सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए । जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुई सय वाटको प्यानल र एक सय पचास एम्पियरको ब्याट्री नि:शुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

    'वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खेपेका थिए । उक्त समस्यालाई मध्येनजर गर्दै सोलार खरिद गरिएको हो । अब नागरिक अन्धकारबाट मुक्त भएकाछन्', भण्डारीले भने । प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित ३९ हजार पाँच सय मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए । आफूहरूले सोलार पाउँदा खुसी लागेको स्थानीय सुनकुमारी कठायतले बताइन् ।

  • सम्बन्धित विषय:

  • # सोलार
  • # जाजरकोट
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij