मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काठमाडौँका प्रशासकीय अधिकृत गुरागाईंले भने,  ‘अब कर्मचारीले रोकिएको तलब पाउछन्’


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8599
    चैत २१, २०८१ बिहीबार
    काठमाडौँका प्रशासकीय अधिकृत गुरागाईंले भने,  ‘अब कर्मचारीले रोकिएको तलब पाउछन्’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा ३ महिना १४ दिनपछि बिहीबार कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।

    काठमाडौं महानगरका शिक्षक कर्मचारीले अब त तलब पाउँछन् होला है ? भन्दै पत्रकारले सोधेको प्रश्नमा गुरागाईँले भने पाउनुपर्ने हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलव सुविधा पनि खुल्छ ।’

    महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा आसिन गराएका हुन् । प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी पनि गरेका छन् ।

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij